कैलालीमा लागु औषध खैरो हेरोहिन सहित दुईजना पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, मंसिर २५ गते।

प्रहरीले कैलालीमा लागु औषध खैरो हेरोहिन सहित दुईजनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका – ६ गुलराका भरत साउँद  र सोही ठाउँका राजुसिंह ठकुरीलाई मंगलबार साझ ३ ग्राम लागू औषध खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको हो।ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोलिले टिकापुर नगरपालिका– ७ कालाकुण्डाबाट उनिहरुलाई ३ ग्राम खैरो हेरोहिन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।उनले पक्राउ परेकाहरूलाई लागू औषध ओसारपसार तथा सेवन मुद्दा चलाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *