कञ्चनपुरमा फेरि हात्ती आतंक सुरु

अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, मंसिर २५ गते।

कञ्चनपुरमा फेरि  हात्ती आतंक सुरु भएको छ ।  बुधबार बिहान हात्तीको आक्रमणमा परी  महाकाली नगरपालिका–२ चाँदनीकी एक महिलाको ज्यान गएको छ भने  पाँच जना महिला घाइते भएका छन् । जंगली हात्तिको बथानको आक्रमणमा परि महाकाली नगरपालिका २ चाँदनीकी ४२ वर्षीया विष्नादेवि भट्टको मृत्यु भएको स्थानीय भरत भट्टले बताए । विष्नाको मुख र टाउकोमा चोट लागेको छ । उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो  । घाइतेको दोधारा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत रेफर गरिएको छ । घाइते हुनेमा  चाँदनीकी २२वर्षीया सरस्वती ओझा, २० वर्षीया कमादेवी साउद, ३२ वर्षीया गोमती भट्ट  र नाम नखुलेका  दुई जना छन् । मायापुर जंगलबाट निष्किएका महिलामाथी हात्तिले आक्रमण गरेको थियो। उक्त जंगल क्षेत्रमा हात्ती धपाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक चेतराम पनेरुले अन्य घाइतको खोजीकार्य  गर्न र हात्ती धपाउनका लागि प्रहरी परिचालन गरिएको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *