अनलाईन न्युजपाटी,पाल्पा,समाचारदाता, मंसिर ३० गते।
पाल्पामा ठुलो परिमाणमा लागुऔंषध बरामद भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका वडा नं ३ दोभान पाल्पा बुटवल सडक खण्डको झुम्सामा लागु औंषध सहित दुई जना पक्राउ परेका छन ।बुटवलबाट पाल्पा आउदै गरेको ग १८ प ८९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको अवस्थामा लागुऔंषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।पक्राउ पर्नेमा स्याङजा जिल्ला अर्जुनचौपारी ५ घर भै पोखरा बस्ने २२ बर्षका विशाल नेपाली र कास्की मादी ९ बस्ने बर्ष ३१ का किरण गुरुड् रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए ।उनीहरूको साथबाट डाइजेपाम ६८ वटा, नुफिन ६८ वटा,फेनेराज ६८ वटा,र नगद १६ हजार १ सय नगद बरामद भएको छ ।