जनकपुरधाम उपमहानगरपालिका–९ मा अर्को ठाउँमा पनि बम फेला

 अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर ३० गते।

जनकपुरधाम उपमहानगरपालिका–९ मा फेला परेको बम निष्क्रिय नबनाउँदै अर्को ठाउँमा पनि बम फेला परेको छ। ऐतिहासिक रंगभूमि बाह्रबिघाको उतर–पूर्व कुनामा बमजस्तै बस्तु देखिएको प्रहरीले जनाएको छ। दुवै ठाउँलाई घेरा हालेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बम फेला परेको दुवै ठाउँ करिब ६०० मिटरको दूरीमा पर्छ। नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमै छ। संकटमोचन मन्दिरदेखि पूर्वमा फेला परेको कुकर शक्तिशाली बम रहेको सेनाको अनुमान छ। त्यहाँ नजिकै घरहरु छन्। त्यसैले बम डिस्पोज गर्दा घरमा क्षति पुग्नसक्ने भन्दै सेनाले घरहरु खाली गराउन आग्रह गरेको प्रहरीले बताएको छ। घरहरु सबै खाली भइसकेपछि बम निष्क्रिय गरिने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। यहाँ खाली ठाउँ नभएकाले बम निष्क्रिय गर्ने काम ढिलो भएको उनले बताए।
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *