महोत्तरीमा भारत तर्फ चाँदी तस्करी गर्न लागेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता, मंसिर ३० गते।

महोत्तरीमा सशस्त्र प्रहरीले भारत तर्फ चाँदी तस्करी गर्न लागेको अवस्थामा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतको विहार राज्य मधुवनी जिल्ला महरैल वाड नम्बर १० घर भएका २१ बर्षिय प्रदिप कुमार ठाकुरलाई एक किलो अवैध चाँदी सहित पक्राउ गरिएको छ । मठियानी बाट जलेश्वर तर्फ साइकलमा आइरहेको ठाकुरलाई जलसागर सशस्त्र प्रहरी बल ९ नँ गणबाट खटिएको चेक जाँच टोलीले चाँदी सहित पक्राउ गरेको छ ।चेकजाँचको क्रममा ठाकुरको साथबाट एक किलो चाँदी ,चाँदी राख्ने मोला र साइकल बरामद भएको ९ नं गणका गणपति निरकृष्ण अधिकारीले बताएका छन । पक्राउ परेका ठाकुरलाई चाँदी सहित जलेश्वर मलिवाडा भन्सार कार्यालयमा बुझायेको अधिकारीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *