अनलाईन न्युजपाटी,सल्यान,समाचारदाता, मंसिर ३० गते।
त्रिवेणी गाउँपालिका–४ का ४२ वर्षीय खिमलाल रेउलेलाई प्रहरीले समातेको छ। रेउले गत भदौ ३१ गते कपुरकोट गाउँपालिका–४ सिस्नेरी जंगलमा ४० वर्षीया एक महिलालाई जबरजस्ती करणी गरी फरार थिए। फरार रहेका रेउलेलाई कपुरकोट बजारबाट पक्राउ गरिएको र लुहाम प्रहरी चौकीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। गत भदौ ३१ गते रेउलेलाई कपुरकोट बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। आवश्यक अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट १० दिनको म्याद समेत लिइसकेको छ।