उदयपुरको बेलकामा चिसोले एक जना मृत फेला

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, मंसिर ३० गते।

उदयपुरको बेलकामा चिसोले एक जना मृत फेला परेको छ । केही दिनदेखि बढेको चिसोले रामपुर–भागलपुर सडक खण्ड अन्तर्गत बेलका नगरपालिका–९ को तामाङ टोलमा विहान करिब ६:१५ बजे कृष्णबहादुर नेपाली मृत फेला परेको हो ।सुनसरी जिल्लाको रामधुनी नगरपालिका–६ कालाबन्जर बहत्तरविघा स्थाई घर भई हाल चौदण्डिगढी नगरपालिका–४ ससुराली बस्दै आएका ५२ वर्षीय नेपाली मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । उनका श्रीमति पनि विरामी छन् । मृतक र एक छोरा संगै मागेर खाने क्रममा सोमबार चिसोको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।शव पोष्टमार्टमको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाई दाजु इन्द्र बहादुर सार्कीले बुझेको छ । भने मृतकसँगै रहेका छोरा पनि दाजु इन्द्र बहादुर सार्कीले बुझेर लगेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *