सिरहाका मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर ३० गते।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।उच्च अदालतमा विचाराधीन जग्गा विवादको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको कागजात दिन आनाकानी गरी घुस लिएको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको थियो ।अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले मण्डलले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिम भ्रष्टाचार पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरेको बताए ।मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९घ० बमोजिम जरिवाना र कैद सजाय र ५ लाख रुपैयाँ विगो मागदावी गरिएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *