अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता, मंसिर ३० गते।
इटहरी–९ स्थित बसपार्कबाट अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको छ ।धरान–१० घर भएका १९ बर्षीय विकाश पोद्दारलाई ईलाका प्रहरी कार्यालय इटहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।उनको साथबाट एभिल ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, डाईजेपाम ३५ एम्पुल साथै झोलाबाट भने नाईट्रोसन ट्याब्लेट १ पत्तामा १० ट्याब्लेटको दरले ४ पत्तामा ४० ट्याब्लेट रहेको र नाईट्रोभेट लेखिएको १ पत्तामा १० ट्याब्लेटको दरले ६ पत्तामा ६० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका पोद्दारमाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।