अवैध रुपमा खोलिएका रक्सी पसल र त्यसमा बिक्रि गर्न राखिएको घरेलु मदिरा नष्ट

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदाता, मंसिर ३० गते।

सप्तरी प्रहरीले अवैध रुपमा खोलिएका रक्सी पसल र त्यसमा बिक्रि गर्न राखिएको घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ । यसैबीच प्रहरीले बोदेबर्साईन नगरपालिकामा अवैध रुपमा खोलिएका ७ वटा रक्सी भट्टी आइतबार नष्ट गरेको छ । सो नगरपालिका वडा नं. ९ देउरी र वडा नं. १० खडकपुर टोलमा अवैध रुपमा चलाइरहेका ती रक्सी भट्टीहरुलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय कडरबोना, बोदेबर्साइन र प्रहरी चौकी देउरीबाट खटेको प्रहरी टोलीले अवैध रुपमा चलाइएको सात वटा रक्सि भट्टिसहित तयारी मदिरा ६५ लिटर, कच्चा पदार्थ ७ सय ४० लिटर बरामद गरी नष्ट गरेको हो ।  त्यस्तै रक्सि बनाउने मेसिन १ थान, स्टिलको भाडो थान ६ र प्लास्टिकको भाँडो २० थान समेत बरामद गरी प्रहरी कार्यालयमा राखिएको जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *