३ किलो कोकिनसहित एक बोलेभियन महिला पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २ गते।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिनसहित एक जना बोलिभियन नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा राहदानी नम्बर सीइ २८०७२ वाहक ४१ वर्षीया बोलिभियन नागरिक हेरेरा आर्टेगा ओल्गा रहेकी छन् । विमानस्थलको आगमन कक्षमा चेकजाँच गर्ने क्रममा उनको सुटकेशभित्र ३ केजी कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।उनी फ्लाई दुबईको उडानबाट मंगलबार काठमाडौं आएकी थिइन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *