अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, पौष २ गते।
कञ्चनपुर पछिल्लो समय असुरक्षित बन्दै गएको छ । बुधवार फेरी एक जना मृत फेला परेका छन । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका– ८ पचौइमा स्थानीय २३ वर्षीय युवक दिनेश चौधरी मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।मृत भेटिएका चौधरी तीन दिनदेखि बेपत्ता थिए ।मंसिर २९ गते खजुरिया जान्छुँ भनेर हिडेका चौधरी त्यस पछि परिवारको सम्पर्कमा आएका थिएनन् ।चौधरी आफ्नो घर नजिकैको स्थानीय नपौया नालीमा बुधवार मृत भेटिएका हुन ।