बैतडीमा जीप पल्टिदाँ एक प्रहरी जवान गम्भीर घाइते

अनलाईन न्युजपाटी,बैतडी ,समाचारदाता, पौष २ गते।

बैतडीमा जीप पल्टिदाँ एक प्रहरी जवान गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पुरघाट प्रहरीचौकी हाटमा कार्यरत सुदिप श्रेष्ट रहेका छन् ।आज बिहान ढोल्यामोडबाट हाटका लागि छुटेको म. १ ज ३२९ नम्बरको जीप सनगाउँमा पल्टिँदा श्रेष्ठले हाम फालेका र हाम फालेकै ठाउँमा जिप पल्टिएकाले घाइते भएको पूरघाट प्रहरी चौकी इन्चार्ज मिनबहादुर सिंहले बताए ।घाइते श्रेष्ठलाई उपचारका लागी डडेल्धुरा लगिएकोछ । चालक जिप रोकेर पिसाब फेर्न गएका बेला जीप १० मिटरसम्म आफै गुडर पल्टिएको हो । जीपमा १० जना यात्रुहरु सवार रहेपनि अरु यात्रुहरु भने सकुसल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *