ठुलो परिमाणमा लागुऔषध चरेससहित एकजना भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी,बारा,समाचारदाता, पौष २ गते।

बारा प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेससहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चरेससहित पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला कुन्डवा चैनपुर थानाक्षेत्र अन्तर्गत लौखान कोरैया ग्रामपञ्चायत ८ का भजु महतोका ४० वर्षीय छोरा गुलावी महतो कोइरी रहेको प्रहरीले जनाएको छ ।कोइरीले पिठयुमा बोकेको झोलाबाट ९ प्याकेट (८ किलो ५०० ग्राम लागुऔषध) चरेश बरामद गरिएको बारा प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए । कलैया बजारस्थित सन्दिदप साहको होटेलमा खाना खाइरहेका कोइरीलाई बसपार्क अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । कोइरीलाई अहिले हिरासतमा राखिएको र निजमाथि लागुऔषध सम्बन्धी मुद्धा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *