अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष ९ गते।
एजुकेसन कन्सल्टेन्सीको नाममा साढे १० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।गुरूङलाई डिल्लीबजारबाट पक्राउ गरिएको हो।धादिङ साविक कटुन्जे गाविका-९ घर भई हाल ललितपुर बस्ने ४२ वर्षीय मानबहादुर गुरूङलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।वैदेशिक रोजगारको सिलसिलामा आफूलाई ‘रिहाना एजुकेसन कन्सल्टेन्सीको सञ्चालक हुँ’ भन्दै उनले म्याग्दीका हुमलाल गुरूङसमेतलाई ठगेको महाशाखाले जनाएको छ।गुरुङसमेतका व्यक्तिहरूले महाशाखामा जाहेरी दिएपछि प्रहरी गुरूङको खोजीमा लागेको थियो।