अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, पौष ९ गते।
अवैध रुपमा काठ लोड गरिएका ४ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–२३ बाट ना ३ त ९१७४, ना ६ त ९३६४, ना ६ त १६७१ र ना २ त ९६३४ नम्बरका चार वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो।वीरगञ्ज–१८ भवानीपुर टोलबाट सालको काठ लोड गरि आउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।नियन्त्रणमा लिइएको काठसहित ट्र्याक्टरलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।