सिरहाबाट लागुऔषध सहित दुईजना पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, पौष १२  गते।

सिरहा प्रहरीले सिरहा नगरपालिका १७ पटेर्वाबाट दुई जनालाई ७ सय ६५ पिस लागूऔषधको ट्याब्लेटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका– ४ रमौलका २० वर्षीय मोहम्मद रहिम र नरहा गाउँपालिका– ४ का २७ वर्षीय एमामुदिन राइन रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।पक्राउ परेका एमामुदिनको साथबाट ७ सय २० पिस लागुऔषध नाइट्रोभेट ट्याब्लेट र रहिमको साथबाट ४५ पिस नाइट्रोभेट बरामद भएको प्रहरीले जनाएको छ ।दुवै जना स ५ प ५०७५ नम्बरको मोटरसाइलमा भारतीय बजार जयनगरबाट लागूऔषध खरिद गरि नेपालतर्फ आउँदै गर्दा प्रहरीले चेकजाँचको सिरहा नगरपालिका १७ पटेर्वाबाट पक्राउ गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *