अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, पौष १२ गते।
मोटरसाइकल चोरीमा संलग्न लाई प्रहरीले पक्राउ गरेको छ । बुधवार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर – ३ का टेक कुँवरको से ६ प ६६१४ नम्बरको मोटर साइकल चोरी भएको थियो ।चोरी भएको सूचना पाएपछि प्रहरी टोलीले परिचालन भएको थियो । प्रहरीले वडा नम्बर –२ बाट २४ वर्षीय कृष्ण बि.क र डोटी पुर्बीचौकी गाउँपालिका – ४ का २२ वर्षीय युवराज खड्कालाई चोरी भएको मोटर साइकल सहित पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले पक्राउ परेकाहरू विरुद्ध मोटर साइकल चोरी शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।