अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, पौष १४ गते।
अख्तियार अनुसन्धान आयोगले वीरगञ्जमा महानगरपालिकाका कम्प्युटर अपरेटरलाई १५ हजार घुससहित पक्राउ गरेको छ।महानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर राकेश कुमार जैशवाललाई १५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।सोमबार हेटौंडाबाट खटिएको टोलीले महानगरमा छापा मारेको थियो। महानगरमा कुनै काम गराउन पैसा मागेको भन्ने सूचनाका आधारमा आयोगले छापा मारेको हो।उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।