कावासोतीमा एक गैंडा मृत फेला

अनलाईन न्युजपाटी,नवलपरासी,समाचारदाता, पौष २० गते।

कावासोतीमा एक गैंडा मृत फेला परेको छ ।कावासोती–१०, रतौलस्थित मोहनीलाल पन्थीको तोरीबारीमा आइतबार बिहान अन्दाजी ६/७ वर्षको गैंडा मृत भेटिएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले अनलाईन न्युजपाटीलाई  जानकारी दिए । गैंडा मृत्युको कारण पत्ता लाग्न बाँकी रहेको लामीचौर वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौड्याले जानकारी दिए ।घटनास्थल पुगेको प्रहरीले अहिले मृत गैंडालाई घेरा हालेर राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *