रौतहटको फतुवा बिजयपुर नगरपालिका कार्यालयमा शिक्षकहरुले लगाए ताला

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, पौष २४ गते।

रौतहटको फतुवा बिजयपुर नगरपालिका कार्यालयमा शिक्षकहरुले ताला लगाएका छन् । तलब नपाएको भन्दै नगरपालिकाका शिक्षकहरुले बुधबारदेखि कार्यालयमा ताला लगाएको मेयर गोपल राय यादवले बताए ।तलबको विषयमा यहाँ समस्या भइरहेको छ, यसै विषयलाई लिएर शिक्षकहरुले तालाबन्दी गर्नु भएछ,’ उनले भने। नगरपालिका कार्यालयमा तलबको माग गर्दै शिक्षकहरुले अनिश्चित तालाबन्दी गरेपनि मेयर भने कार्यालयमा छैनन्। ‘म बिरामी भएकाले कार्यालयमा छैन। समस्या छ, भोलि गएर समाधान गर्छु’ उनले भने।समयमै नगरसभा नहुँदा शिक्षकहरुले साउनदेखि नै तलब पाएका थिएनन्। असारमा हुनुपर्ने नगरसभा गत पुस ११ गते मात्रै भएको हो। नगरसभा भइसकेकाले तलबको समस्या छिट्टै समाधान हुने मेयर यादवको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *