अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, पौष २५ गते।
पाकिस्तानको बलूचिस्तान प्रान्तको क्वेटा शहरको मस्जिदमा भएको बम विष्फोटमा कम्तिमा १४ व्यक्तिको मृत्यु र २१ घाइते भएको छ। यस आक्रमणमा क्वेटाका डीएसपी अमानुल्लाह पनि मारिएका छन्। क्वेटाको सिभिल अस्पतालका घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ। पाकिस्तान सेनाका प्रवक्ताको ट्वीटर ह्यान्डलले दिएको जानकारीमा भनिएको छ कि सुरक्षा बलले विस्फोटको ठाउँलाई घेरा हालेको छ र सेनाले पुलिसको साथमा खोजी अभियान पनि गरिरहेको छ। पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले भने, “पुलिस र प्रशासनले सबै सम्भव सहयोग पुर्याइरहेको छ। मस्जिदमा निर्दोष मानिसहरूलाई निशाना लगाउनेहरू साँचो मुस्लिम हुन सक्दैनन।”