धादिङमा सरिता कार्कीको परिवार शोकमा, जेठो छोरा सन्तोषको आगो लगाएर हत्या

अनलाईन न्युजपाटी,धादिंग,समाचारदाता, पौष २६ गते।

धादिङको थाक्रे गाउँपालिका-२  कार्की गाउँकी सरिता कार्की (सरस्वती)को परिवार शोकमा डुबेको छ । बुढेसकालको सहारा हुर्किएको जेठो छोरा सन्तोषको हत्यासँगै उनको परिवार शोकमा परेको हो।घर नजिकैको जंगलमा हत्या गरेर आगो लगाइदिएको अवस्थामा छोराको शव फेला पारेको आमा सरिता बताउँछिन् । होसमा आउँदा रुने उनी छिनमै बेहोस हुन्छिन् । छोराको शव भेट्दा उनले अत्तालिदै अन्तिम पटक हेरेकी थिइन् । ‘मेरो छोरा परिवारकै खुसी थियो, उनलाई आगो लगाउँदा मेरो मन खरानी भयो,’ उनले भनिन् ।गत २४ मंसिरमा उनी अबेरसम्म घरमा आएनन् । छरछिमेकमा गए होला भनेर खोजी भएन । राति अबेरसम्म घर नआएपछि खोजी भयो, तर भेटिएनन् । आफन्त, साथीभाइ इष्ट मित्र सबैसँगै सोध्दा सन्तोषको अत्तोपत्तो लागेन ।घर परिवार, छिमेक आफन्तसँग सन्तोषको सम्बन्ध राम्रो थियो । चार वर्षदेखि गाडीका सहचालक भई काम गर्दै आएका थिए । डेढ वर्षअघि गाडी लाइनमा काम गर्ने मान्छेहरुसँग झगडा भएपछि भागेर छोराले ज्यान बचाएको बुबा शरणले बताए । उनी दसैदेखि घरमा नै बस्दै आएका थिए । हराएका सन्तोषको शव १५ दिनपछि ९ पुसमा घर नजिकै जंगलमा जलेको अवस्थामा शव भेटियो । दिन रात घटनाको अनुसन्धान भइरहेको र छिट्टै हत्यारा पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *