धरानमा जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

अनलाईन न्युजपाटी,धरान,समाचारदाता, पौष २५ गते।

धरानमा जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ परेका छन् ।
 २०५८ साल मंसिर २० गते अदालतले जबरजस्ती करणी मुद्दामा अभियुक्त ढहर गरीएका धरान ११ का ३२ वर्षीय सनेत राई पक्राउ परेका हुन् ।राईलाई फरार अभियुक्तहरूको खोजतलास गर्ने क्रममा कार्यालयबाट खटिएको प्रहरी टेलीले आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।पक्राउ परेका राईलाई आजै अदालतमा उपस्थीत गराई कैद भुक्तान गर्न झुम्का कारागार पठाइएको कार्यालयले बताएको छ ।राईलाई अदालतले जबरजस्ती मुद्दामा ६ महिनाको कैद सजाय तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *