अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, पौष २५ गते।
कैलालीमा अवैध औषधि कारोबार गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका– २ कडायत टोलमा बस्ने दिपकराज भट्ट पक्राउ परेका हुन। डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का २६ वर्षीय भट्टलाई उनी बस्ने कोठामा लुकाइछिपाइ राखेको अवैध औषधिसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। विशेष सूचनाका आधारमा सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआईटी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले उनको कोठाबाट अवैध औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। पक्राउ परेका भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धानका लागी लागुऔषध व्यवस्था कार्यालय नेपालगञ्ज पठाइएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।