पर्साको छिपहरमाई गाउँपालिकामा आज बिहान प्रहरी द्धारा ४ वटा रक्सी भटठी नष्ट

अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, पौष २५ गते।

पर्साको छिपहरमाई गाउँपालिकामा आज बिहान प्रहरीले ४ वटा रक्सी भटठी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाले वडा नम्बर १ मिर्जापुरमा २ वटा र वडा नम्बर २ झलमैयामा २ वटा गरी ४ वटा रक्सी भटठी गरी नष्ट गरेको हो ।भटठी नष्ट गर्नुको साथै कच्चा पदार्थ १५ सय लिटर र ५० लीटर तयारी मदिरा पनि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए । बिशेष सुचनाको आधारमा लुकाई छुपाई अबैध रुपमा संचालन गरेको रक्सी भटठी नष्ट गरिएको सिंहले जानकारी गराए ।केही समय यता देखी इलाका प्रहरी कार्यालय पोखरियाले रक्सि भटठी नियन्त्रण कार्य अभियान कै रुपमा संचालन गर्दै आएको छ । तर भारत रक्सी माथी प्रतिबन्ध भएका कारण र सिमा क्षेत्र भएका कारण पूर्ण रुपले नियन्त्रणमा आउन सकेको  छैन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *