वीरगञ्जमा शुक्रबार एक युवकको शव फेला

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, पौष २५ गते।

वीरगञ्ज महानगरपालिका-१५ भिस्वा टोलमा शुक्रबार एक युवकको शव फेला परेको छ । भिस्वाबाट नेशनल मेडिकल जाने बाटो छेउको खाली जग्गामा शव फेला परेको हो ।जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । मधेसी मुलको जस्तो देखिने मृतक युवकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले जानकारी दिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *