अनलाईन न्युजपाटी,चितवन,समाचारदाता, पौष २५ गते।
राप्ती नगरपालिका ६ हर्दीस्थित ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार चालक गोरखा भीमसेन गाउँपालिका ४ का ३५ वर्षीय इन्द्र तामाङको उपचारका क्रममा मृत्यु भएको छ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङ रहेका छन् । राप्ती नगरपालिका-६ हर्दीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नम्बरको ३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्याङकरले बिहीबार राति ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।