रामपुरबाट पोखरा जाँदै गरेको बस दुर्घटनामा २ को मृत्यु

अनलाईन न्युजपाटी,तनहुँ,समाचारदाता, पौष २५ गते।

नहुँको मानपुर नजिक अर्चलकोटमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।उक्त बस दुर्घटनामा परी २५ जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पाल्पाको रामपुरबाट भिमाद हुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु प्रहरीले जनाएको छ ।

घाईतेहरुको पोखरा स्थित मनिपाल शिक्षण अस्पताल र केहीको भिमादका स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । दुर्घटनामा मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिएका छन् । घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *