रोजगारी दिने प्रलोभन देखाएर कैलालीमा एक व्यक्ति ठगीको आरोपमा पक्राउ

अनलाईन न्युजपाटी,मुसरिया,समाचारदाता, पौष २५ गते।

रोजगारी दिने प्रलोभन देखाएर कैलालीमा एक व्यक्ति ठगीमा सक्रिय रहेको खुलेको छ ।  
गौरीगंगा नगरपालिका वडा नम्बर ७ मा महिलालाई खाद्य संस्थानमा जागिर लगाई दिने प्रलोभन देखाएर आफूलाई  तिलक कोली भनेर चिनाउने व्यक्तिले पाँच सय रुपैयाँदेखि  एक लाख ८४ हजार रुपैयाँ सम्मको ठगी गरेको ठगिएकाहरुले बताएका छन् । ठगीमा संलग्न ती व्यक्तिलाई इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ । गौरीगंगा नगरपालिका ७ का रत्ना बोहरा धामीले ३५ हजारको जागिर पाउने लोभमा सुर्खेत गएर अनलाइन फाराम भरेर एक लाख चौरासी हजार छ सय रुपैयाँ कोलीलाई बुझाएको बताइन् । कोलीले स्थानीय महिलाले सिलाईकटाई, कम्प्युटर तालिम र यूएनडीपीमा जागिर लगाईदिने भन्दै ठगी गरेको जनाइएको छ । कोलीबाट आफूहरु ठगिएको भन्दै १२ जना महिलाले इलाका प्रहरी कार्यालय मसुरियामा सामूहिक निवेदन दिएका छन् । गाउँमा अन्य महिला पनि ठगीमा परेको स्थानीय वेद कुमालले जानकारी दिए । गाउँमा स्थानीयलाई तिलक ओली भनी नाम बताएको सो व्यक्तिले प्रहरीलाई तुलाराम कोली बताएको र फेसबुकमा समीर कोली भनी फरक फरक नाम बताएपछि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी सहायक निरिक्षक महेश चन्दले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *