अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २५ गते।
आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालमा पनि चन्द्रग्रहण देखिनेछ। ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ ।‘यो
चन्द्रग्रहणमा पातलो छाया र
खण्डग्रास मात्र देखिनेछ,’ बीपी
कोइराला मेमोरियल प्लानेटोरियम तथा
अब्जरभेटरी र विज्ञान
संग्रहालय विकास समितिका कार्यकारी
निर्देशक सनतकुमार शर्माले भने।’सन् २०२०
मा विश्वका विभिन्न
भागबाट दुईवटा सूर्यग्रहण र
चारवटा चन्द्रग्रहण देखिनेछ।
यो ग्रहण नेपाल,
भारतलगायत एसिया, अफ्रिका र
अस्टेलियाको पूरै क्षेत्र
तथा अमेरिकाको उत्तरी
क्षेत्रबाट देखिनेछ।