नेपालको बोर्डरबाट एक शंकास्पद व्यक्ति पक्राउ, आतंकारी हुन सक्ने शंका

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, पौष २५ गते।

नेपालको गौर नाकाबाट भारतमा प्रवेश गर्ने क्रममा सिमामा रहेका एसएसबी चेक पोस्टमा चेकजाच गर्ने क्रममा ड्यूटीमा रहेका हबलदार माथि हातपात गर्न खोज्दा सिमा सुरक्षा बलका जवानले उनलाई नियंत्रणमा लिएको हो । । पक्राउ परेका व्यक्ति मुस्लिम समुदायका रहेका छन । पक्राउ परेका व्यक्तिले आफ्नो घर रौतहट जिल्लाको गढ़ीमाई नगरपालिका वड़ा नम्बर ३ गम्हरिया भएको र सुन्दरपुर स्थित मस्जिदमा बस्दै आएको बताएका छन । ३४ वर्षीय युवकले शेख सहाबुद्दीन नाम बताएको भारतीय सिमा सुरक्षा बलले जनाएको छ ।
बुवाको नाम शेख मोहमद अली र बाजेको नाउ शेख ईसाद बताउने युवकले साथमा राखेको चाकू प्रहार गर्न खोज्दा ड्यूटीमा बसेका जवान सचिन घाइते भएको छ । उहाँको दाहिना हाथको ४ बटा औला काटिएको बुझिएको छ । नेपालबाट भारतमा प्रवेश गर्ने युवकले ड्यूटीमा रहेका जवान सित हथियार मागेका थिए । हथियार दिनु हत्या गर्छु भने थियो । पक्राउ परेका व्यक्ति नेपालको हो भन्ने कुनै प्रमाण कागज फेला नपरेकोले विदेशी हुन सक्ने आशंका भारतीय पुलिसको रहेको छ ।
अल्लाहले पठाएको र सवैलाइ मुस्लिम बनाउनु लक्ष्य लिएको बताइरहेको बुझिएको छ । आफ्नो बारे सत्य तथ्य बताउन नचाहने उक्त व्यक्ति आपराधिक गतिविधिमा संलग्न हुन सक्ने आशंका बढेको छ ।थप अनुसन्धान तथा कार्यवाहीको लागि भारतीय प्रहरीको जिल्ला लगाइएको छ । पुलिसले मासु काटने कार्यमा प्रयोग हुने खालको ठूलो चाइनीज चाकू बरामद समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *