अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष २८ गते।
महेन्द्रनगरमा प्लास्टिकको चामल फेला परेको छ । महेनद्रनगरको पुष्पलाल चोकको एक पसलबाट चामल किन्दा उक्त चामल प्लास्टिकको फेला परेको नेकपाका युवा नेता मिलन सिंहले बताए ।उक्त चामलको भात पकाएर डल्लो पार्दा प्लास्टिकको चामल रहेको जान्नमा आएको हो । भातको डल्लो(बल जस्तो) पारेर भुईमा फाल्दा उक्त भातको डल्लो रबरको बल जस्तै उभ्रिनलागेको नेता सिंहले बताए ।