अनलाईन न्युजपाटी,सुनसरी,समाचारदाता,माघ १ गते।
सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ चतराघाटको दुधपानी खोलामा टाउको छिनेको अवस्थामा महिलाको शव फेला परे पछि स्थानीय त्रसित भएका छन् ।चतरा–रामपुर सडक खण्डको करिव ५ सय मिटर उतर खोला बगरमा जहाँ मान्छे सजिलै जान असम्भव छ, त्यस्तो स्थानमा ३५ बर्षीयजस्तो देखिने महिलाको शव भेटिएको छ । हिजो मात्र स्थानीयहरुले घाँस काट्न जादा देखेका थिए । विभत्स अवस्थामा शव भेटिए पछि स्थानीय त्रसित भएका छन् ।शव कस्को हो र कस्ले यसरी हत्या गर्यो भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन् । हिजोदेखि नै प्रहरी परिचालन गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शरणकुमार दाहालले बताएका छन् । ‘घटना निकै गम्भीर छ । शव पहिचानका लागि माताहतका प्रहरी पोष्टमा खवर गरिसकेका छों । चाढै यथार्थ पत्ता लाग्ने छ ।’–इन्स्पेक्टर दाहालले भने ।प्रहरीले बेलका नगरपालिका, भोजपुरको हतुवागढी, आमचोक गाउपालिक, धनकुटाको शहिदभूमी गाउपालिक र बराहक्षेत्रको प्रहरीलाई शव पहिचानका लागि जानकारी गराएको छ ।
शव भेटिएको करिव २५ फिट पर उनको टाउको भेटिएको छ । सडेको अवस्थामा भेटिएकाले घटना केही दिन पहिले भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । टाउको जंगली जनावरले खाएको अवस्थामा फेला परेको थियो ।