अनलाईन न्युजपाटी,बिरगंज,समाचारदादाता,माघ ८ गते।
वीरगंज भन्सार कार्यालय भित्र रहेको पुरानो गोदाम घरमा मंगलबार साझ आगलगी भएको छ । बिधुत सर्ट भई सांझ ७:३५ बजे भएको आगलगी ८:५० मा नियन्त्रणमा आएको हो।वीरगंज महनगरपालिकाबाट पुगेको २ वटा दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वीरगंज भन्सार कार्यालयका कर्मचारीहरुको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।आयोग नियन्त्रणमा आए पछि पनि जितपुर सिमरा उपमहानगरपालिकाबाट १ वटा, कलैया उपमहानगरपालिकाबाट १ वटा र पोखरिया नगरपालिकाबाट १ गरी ३ वटा दमकल आगलगी स्थलमा पुगेको थियो ।आगलगी भएको गोदाममा वेस्टेज सामानहरु मात्र रहेको र कुनै पनि मानविय क्षति नभएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।