म्याग्दीमा लागू औषधको कारोबार गर्ने दुई मुख्य कारोबारी पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ ८ गते।

म्याग्दीमा  लागू औषधको कारोबार गर्ने दुई मुख्य कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यायलले सोमबार म्याग्दीको बेनी नगरपालिका–७ बस्ने मनोज खत्री र आशिष खत्रीलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट तीन सय १२ एम्पुल डाइजापाम, फेनरागन र नुर्फिन बरामद भएको छ । उनीहरुको घरबाट सो लागू औषध बरामद भएको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले बताए । ‘उनीहरु जिल्लाका मुख्य डिलर भएको खुलेको छ,’ डिएसपी कुँवरले भने, ‘उनीमार्फत लागू औषधको जालो खोज्दैछौँ ।’ उनीहरुले एजेन्टहरुमार्फत दुर्व्यसनीहरुलाई लागू औषध बिक्री गर्दै आएका थिए ।म्याग्दीमा लागू औषध दुर्व्यसन ठूलो समस्या बन्दै गएको छ । ११-१२ वर्षको उमेरदेखि नै कतिपय दुर्व्यसनमा फसेको डिएसपी कुँवरले बताए । कारोबारीहरुमाथि कारबाही र सचेतनामार्फत लागू औषधको जालो तोडिने उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *