बाजुरामा बुधबार राती जीप दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते

अनलाईन न्युजपाटी,बाजुरा,समाचारदादाता,माघ १६ गते।

जिल्लाको जगन्नाथ गाउँपालिका गणेल खोलामा बुधबार राती जीप दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन्। घाइतेमध्ये चालक विक्रम सुनारको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।से १ ज १२०६ नम्बरको जीप पिलिचौरबाट बिरामी लिन जगन्नाथ जानेक्रममा गणेल खोलाको मोडमा दुर्घटना भएको हो । राती ६ बजेतिर पिलिचौरबाट सेरा बिमारी लिनका लागि जानेक्रममा जगन्नाथ गाउँपालिकाको गणेल खोलामा जीप ब्याक गर्ने क्रममा रोडबाट करिब २ सय ५० मिटर तल खसेको हो।दुर्घटना के कति कारणले भएको हो भन्ने विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ ।घाइतेको उपचार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।घाइते विक्रम सुनारलाई थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी भएको छ। यस क्षेत्रमा पटक पटक दुर्घटना हुँदै आएका छन् । एक महिना अगाडि कर्णालीमा जीप खस्दा ५ जनाको मृ्त्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *