अनलाईन न्युजपाटी,बैतडी,समाचारदादाता,माघ २४ गते।
कार चलाउन सिकाउने क्रममा बैतडीमा दुर्घटना हुदा एक जनाको ज्यान गएको छ। कार चलाउन सिकाउने क्रममा कार साहु बैतडीको दशरथचन्द नगरपालिका ४ शाहीलेकका अन्दाजी २८ बर्षीय हरिश तिरुवाको ज्यान गएको हो। बा ६ प ९१९९ नम्बरको कार दशरथचन्द नगरपालिका २ देहीमाण्डौं घुसल्ला मोड नजिककै फिल्डमा सिकाउने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन्। घाइते पाण्डेयको जिल्ला स्थित अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक पाण्डेयले जानकारी दिए।