९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनामा जुट्यो खर्ब

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २४ गते।

लगानी बोर्डका परियोजनामध्ये सबैभन्दा ठूलो वैदेशिक लगानी भित्रिने गरी नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।सन् २०११ मा सम्पन्न विस्तृत आयोजना प्रतिवेदनअनुसार एक खर्ब चार अर्ब रुपियाँ लागत अनुमान गरिएको सो आयोजनाका लागि भारतीय पाँच बैङ्कको ८५ अर्ब ९८ करोड रुपियाँ ऋण लगानी हुने गरी सम्झौता भएको हो । नेपालका दुईवटा बैङ्कले कुल १५ अर्ब ३६ करोड रुपियाँ लगानी गर्ने गरी सम्झौता गरेका छन् । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा बन्ने यो आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी सतलज जलविद्युत् कम्पनीले स्वपुँजी लगानी गर्ने छ । आयोजनाको अन्तिम लागत एक खर्ब ४४ अर्ब रुपियाँसम्म लाग्ने अनुमान छ ।भारतीय बैङ्कहरू स्टेट बैङ्क अफ इन्डिया, कनारा बैङ्क, पन्जाब नेसनल बैङ्क, एक्जिम बैङ्क अफ इन्डिया र युनियन बैङ्कले लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यस्तै नेपाली दुई बैङ्क हिमालयन बैङ्क र नबिल बैङ्कले १५ अर्ब ३६ करोड रुपियाँ ऋण लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *