अनलाईन न्युजपाटी,बाग्लुंग,समाचारदादाता,माघ २४ गते।
बागलुङको तमानखोलामा बिहीबार साँझ जन्ति बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका १ बोंगादोभानमामा जन्ती बोकेर आएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो।दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।