पोखरामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,माघ २४ गते।

पोखरामा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । पोखरा – ३२ कोठे गाउँमा गए राति चितुवाले आक्रमणगर्दा स्थानीय ९ बर्षिया पूजा विकको मृत्यु भएको हो ।चन्द्रज्योति आधारभूत बिद्यालय डाँडा गाउँमा कक्षा ३ मा अध्ययनरत विकलाई बिहीबार साझ साथीको घरमा साथीसँग खेलेर फर्किने क्रममा चितुवाले आक्रमण गरेको  स्थानीय नारायण प्रसाद पण्डितले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।बालिका घर नफर्किएपछी पुजाका अभिवावकले खोजतलास गर्ने क्रममा चितुवाले खाएर क्षेतविक्षेत भएको अवस्थामा बालिकाको शव भेटिएको पण्डितले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *