अनलाईन न्युजपाटी,चितवन,समाचारदादाता,माघ २५ गते।
भरतपुर महानगरपालिका-५, नारायणपुरमा रहेको रोयल फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । आज विहान लागेको आगो अझै नियन्त्रणमा आएको छैन । अहिले पनि आगो नियन्त्रणका लागि ७ वटा दमकलका साथै स्थानीय र प्रहरी जुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार विहान ४ बजे आगलागीको खबर प्रहरीलाई प्राप्त भएको थियो ।आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । आगलागी कसरी र के कारणले भयो भन्ने बारेमा अझै केही विवरण प्राप्त भएको छैन । यद्यपी आगो निभाउने प्रयास जारी छ ।