अनलाईन न्युजपाटी,झापा,समाचारदादाता,माघ २६ गते।
दमकको रतुवा पुलमा बस र ट्याक्टर ठोक्किँदा पाँच जना घाइते भएका छन्। पूर्वतर्फ जाँदै गरेको मे१ख २३६४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे१त ६१५० नम्बरको ट्याक्टर आपसमा ठोक्किएका हुन्।आइतबार अपराह्न भएको दुर्घटनामा बसमा रहेका केही यात्रुहरू घाइते भएको र उनीहरूको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दुर्घटना हुँदा ट्याक्टरमा रहेका ढुंगा खसेर सडकमा पोखिँदा केहीबेर यातायात नै अवरूद्ध भएको छ। प्रहरीले घाइतेको उद्धार गरी अवरूद्ध यातायात खोलाएको छ।