महोत्तरीबाट ठूलो परिमाणमा गाँजासहित दुई जना महिला पक्राउ

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदादाता,माघ २६ गते।

महोत्तरीको जलेश्वरमा आईतबार दिउँसो प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको मधुवनी गाउँपालिका-४ घर भएकी ४५ वर्षीया सलटनी माझी मुसहर र ४८ वर्षीया पानो देवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए ।उनीहरु लागुऔषध गाँजा बोकेर ज.१स.१३१२ नम्बरको टेम्पुमा चढेर जलेश्वरको मटिहानी चोकबाट बखरीचोकतिर जाँदै थिए । जानेक्रममा उनीहरुलाई जलेश्वर १ स्थित नगरपालिका चोकबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १२ किलो ग्राम गाँजा प्रहरीले बरामद गरेको
बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *