अनलाईन न्युजपाटी,मोरंग,समाचारदादाता,माघ २६ गते।
मोरङको रंगेली नगरपालिका-७ मा रहेको संसारी माईस्थान मन्दिरमा चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका-३ बस्ने भुवन पराजुली रहेका छन् ।मन्दिरबाट चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको गणेश तथा छोटी माताको पुरानो मूर्ति लगायतका सामान चोरी गरेको आरोपमा पराजुली पक्राउ गरेका हुन् ।प्रहरीका अनुसार पराजुलीले माघ २२ गते राति मन्दिरको कम्पाउण्ड नाघेर करिब ११ लाख ३५ हजार मूल्य बराबरको मूर्ति लगायतका सामग्री चोरी गरेका थिए ।मन्दिरको मूर्ति लगायतका सामग्री चोरी भएको सूचना पाएलगत्तै अनुसन्धान अघि बढाउने क्रममा मन्दिरमा जडित सीसी क्यामेरा फुटेजको सहयोगमा पराजुलीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।