प्राधिकरणका कर्मचारीलाई भूपु इन्सपेक्टरद्धारा कुटपिट: घटना मिलापत्र गर्न प्रहरीको दवाव

अनलाईन न्युजपाटी,सिरहा समाचारदाता,फाल्गुन ०९ गते।

प्रहरीको कार्ड देखाएर गाली गर्दै मुक्काले नाक, टाउकोमा हिर्काएकोका कारण घाईते भएका छन । नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रका कर्मचारीलाई अवकासप्राप्त इन्सपेक्टर  हिरन यादवले बिहीबार कार्यकक्षमा पुगेर कुटपिट गरेको छ ।बिहीबार दिउँसो साढे २ बजे सेल्स शाखामा सिनियर मिटर रिडर पदमा कार्यरत राघव कुमार यादवलाई आफ्नो फाइलमा सही गर्न नमानेको भन्दै कुटपिट गरेको हो । अवकासप्राप्त प्रहरी निरिक्षक यादवले प्रमाण विनाको फाइलमा सही गर्न भनेपछि आफूले नमान्दा कार्यकक्षमै आएर कुटपिट गरेको पिडित कर्मचारीले आरोप लगाएका  छन् ।अवसकाप्राप्त प्रहरी निरिक्षक (इन्सपेक्टर)को कुटाइबाट घाइते भएका सिनियर मिटर रिडर यादवलाई प्रहरीले उपचार नगराएर जिल्ला प्रहरी कार्यालयमा लगेर घटना लुकाउन खोजेको थियो । घटनालाई ढाकछोप गर्न मुद्दा फाँटका इन्सपेक्टर दीपेन्द्र श्रेष्ठले गाली गर्दै मिलापत्र गर्न दवाव दिएको पिडित कर्मचारी राघवले बताए । यता अवसकाप्राप्त प्रहरी निरक्षक हिरन यादवले विद्युतको कर्मचारीलाई कुटपिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विनोद घिमिरेले घटनावारे सूचना पाएको तर कार्यालय बाहिर रहेकोले विस्तृत जानकारी नभएको बताए  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *