अनलाईन न्युजपाटी,बिरगंज,समाचारदादाता,फागुन ९ गते।
पर्साको अमरपट्टीबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बहादुरमाई नगरपालिका–५ भौराटार बस्ने २६ वर्षीय मन्सी महतो साढे ५ किलो गाँजासहित पक्राउ परेका हुन् ।प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई विन्दवासीनी गाउँपालिका–४ अमरपट्टीबाट नियन्त्रणमा लिएको हो ।ना.३ प ९६३ नम्बरको मोटरसाइकलको सिट कभरभित्र गाँजा राखेर भारततर्फ लैजान लागेको अवस्थामा उनी पक्राउ परेको प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।