पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु

अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,फागुन ९ गते।

पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।शुक्रबार बाग्लुंग खोलाबाट छोरेपाटन तर्फ  आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ पल्टिँदा  छोरेपाटन बेलघारीकी करिव २५ वर्षीया जमुना क्षेत्रीको  घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा अन्दाजी २०/२१ वर्षकी बिना मगर , डेढ वर्षीय बालक असिम मगर, साढे २ वर्षीया बालिका रिविका क्षेत्री र चालक शिव पाण्डे घाइते भएको स्थानीयले जानकारी दिए ।घाइतेहरुको मणिपाल अस्पताल र नमस्ते हस्पिटल पोखरामा उपचार भैरहेको छ ।चालकले मापसे गरेर तिब्र गतिमा कार चलाउदा दुर्घटना भएको प्रतक्ष्यदर्शीले  बताएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *