अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन ११ गते।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली ६९ औं जन्म दिन मनाउन आफ्नो पुर्खौली घर तेह्रथुमको तिनसल्ले जाने भएका छन् ।प्रधानमन्त्री ओली आइतबार बिहान ९ बजे परिवारका सदस्य तथा केही मन्त्रीहरुको साथमा जन्म दिन मनाउन तेह्रथुमको तिनसल्ले जान लागेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।