सप्तरीबाट लागुऔषधसहित चार जना शनिबार पक्राउ

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदादाता,फागुन ११ गते।

सप्तरी प्रहरीले लागुऔषधसहित चार जनालाई शनिबार पक्राउ गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–१ नैनडाँवरडाँडा र बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टीबाट चार जना पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–६ का २२ वर्षीय आकाश परियार र २० वर्षीय आमोदकुमार महतो तथा शम्भुनाथ नगरपालिका–३ का २२ वर्षीय ललित चौधरी र २० वर्षीय देवनारायण राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । परियार र महत्तो नैनडाँडाबाट पक्राउ परेका हुन भने चौधरी र राम स्वर्णपट्टीबाट पक्राउ परेका हुन् ।उनीहरूको साथबाट ३० थान नाइट्रोजन ट्याब्लेट, १९ थान प्रोमेथाजाइन हाइड्रोक्लोराइड इन्जेक्शन, १८ थान डाइजेपाम इन्जेक्शन, १० थान नुरफिन इन्जेक्शन, नौ थान सिरिन्ज, चार थान नाइट्राभेट ट्याब्लेट, सात-सात थान फेनारगन, नोफिन र डाइजेलेब तथा २० ग्राम गाँजा फेला परेको छ ।शङ्का लागि जाँच गर्दा लागुऔषध बरामद भएकाले उनीहरूलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय कडरवोनामा थुनामा राखी थप अनुसान्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *